‘नेपालको ल्याबले भारतबाट आउने तरकारीमा विषादी भएकै देखाउँदैन’

तस्वीर:रिवाज राई

भारतबाट तरकारी तथा फलफूल विषादी परीक्षणबिनै नेपाल भित्र्याउने पूर्ववतः निर्णयबाट सरकार पछि हटेको छ।

विषादी परीक्षणबिना तरकारी तथा फलफूल भित्र्याउने निर्णय गरेको भन्दै चर्को आलोचना भएपछि सरकार त्यो निर्णयबाट पछि हट्न बाध्य भयो। त्यतिमात्रै होइन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले विषादी परीक्षणबिनै तरकारी र फलफूल नेपाल भित्र्याउने निर्णय गर्न आफूलाई सचिवहरुले नै फसाएको भन्दै माफीसम्म माग्नु पर्‍यो।

तरकारी र फलफूलमा हुने विषादी, भारतबाट आयात गर्दा गर्नु पर्ने विषादी परीक्षणलगायतका विषयमा केन्द्रित रहेर खाद्य प्रविधिमा विद्यावारिधी गरेका डा. जितेन्द्र उपाध्याय (जितु) सँग काठमाडौंप्रेसका लागि भोजराज भण्डारीले गरेको कुराकानीः

सरकारले तरकारी र फलफूलमा विषादी परीक्षणबिनै भारतबाट नेपाल भित्र्याउने निर्णयबाट पछि हटेको छ। वास्तवमा तरकारी र फलफूलमा विषादीको प्रयोग किन गरिन्छ?

किसानहरुले तरकारीमा विषादीको प्रयोग दुई कारणले प्रयोग गर्दछन्। पहिलो, तरकारीमा लाग्ने किराहरुबाट बचाउनका लागि। दोस्रो, लामो समयसम्म तरकारी वा फलफूल टिकाउनका लागि पनि किसानले तरकारी तथा फलफूलमा विषादीको प्रयोग गर्छन्।

तरकारी र फलफूलमा कति र कस्तो विषादीको प्रयोग गरियो भन्ने कुरा महत्वपूर्ण हो। त्यसमा उपभोक्ताले ध्यान दिन जरुरी छ...

प्रकाशित मिति: : 2019-07-17 21:14:38

प्रतिकृया दिनुहोस्