आधा करोड युवा विदेशमा, अझै वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोज्दै सरकार

तस्बिरः रातोपाटी

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या झण्डै आधा करोड पुगेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०७६ असारसम्ममा विदेश जाने नेपालीहरूको सङ्ख्या ४५ लाख ९९ हजार ५ सय ६७ पुगेको हो ।

 

यो सङ्ख्या आधिकारिक रूपमा विभागबाट श्रम स्वीकृति लिएर जानेहरूको मात्र हो । यीबाहेक पनि वैकल्पिक बाटो गरेर अनधिकृत रूपमा विदेश जाने नेपालीको सङ्ख्या ठूलो छ । जसअन्तर्गत नेपालसँग खुल्ला सिमाना रहेको भारतमा मात्र झण्डै २०, २२ लाखको हारहारीमा नेपाली रहेको अनुमान छ । यसको यकिन तथ्याङ्क छैन ।

विभागका अनुसार वि.सं. २०५०\५१ मा वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या तीन हजार ६ सय पाँच जना मात्र थियो । पछि आर्थिक वर्ष २०७०\७१ सम्म आइपुग्दा त्यो सङ्ख्या ५ लाख १९ हजार ६ सय ३८ पुगेको विभागको तथ्याङ्कले देखाउँछ । २० वर्षको अन्तरालमा झण्डै दुई सय गुणाले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकामा पछिल्लो ५ वर्षमा अझ त्यो सङ्ख्यामा तीव्रता आएको देखिन्छ ।

विभागको पछिल्लो तथ्याङ्कलाई हेर्दा वार्षिक ७ लाख ५० हजार वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

प्रकाशित मिति: : 2019-07-17 17:42:41

प्रतिकृया दिनुहोस्