ओभर स्पीड, परिएला कारवाहीमा (भिडियो रिपोर्ट)

तस्बिरः नागरिक

काठमाडौं-  ट्राफिक प्रहरीले सवारी दुर्घटनालाई न्यूनिकरण गर्नको लागि गतिको सीमालाई कडाई साथ पालना गराउन अभियान थालेको छ।

प्रहरीले प्रति किलोमिटर ५० को स्पिड भन्दा बढी गर्ने चालकलाई कारबाही गर्न थालेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै जेठ २८ देखि यो नियम लागू गरेको हो।

लेजर स्पिड गनको प्रयोग गरि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनको गति परीक्षण गर्ने गर्छ। ट्राफिक प्रहरीका अनुसार तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीहरू बढी दुर्घटनामा पर्ने गरेका छन्। बिहान-बेलुका कार्यालय समयमा र ओभरटेक गर्नेक्रममा बढी दुर्घटना हुने गरेको पाइएपछि अहिले ट्राफिक प्रहरीले तिव्र गतिमा चल्ने गरेका सवारीसाधनहरु माथि निगरानी बढाएको हो। सवारीको गति माथि निगरानी बढाएपछि अहिले दैनिक ६० देखि ७० वटा सम्म सवारीसाधन कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-07-17 17:36:43

प्रतिकृया दिनुहोस्