संसदीय समितिमा जनार्दन शर्माले क्यामेरा बन्द गर्नुहोस् भनेपछि..

समिति बैठकमा बोल्दै जनार्दन शर्मा । फाइल तस्बिर

काठमाडौं : बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेको थियो ।  बैठकको विषय थियो– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । 

विधेयकमा प्रस्ताव गरिएको निजामती कर्मचारीलाई निवृत्त भएपछि दिइने सेवाको विषयमा सांसदबीच जुहारी चलिरहेको थियो । केही सांसदले बहालवाला कर्मचारीको तलब बढ्दा सेवानिवृत्तको पनि दुई तिहाई पेन्सन बढ्नुपर्ने तर्क गरिरहेका थिए भने केहीले सेवा निवृत्तलाई अनावश्यक सुविधा दिन नहुने तर्क गरिरहेका थिए । 
यहीबीचमा सांसद जनार्दन शर्माले बोल्ने समय मागे । बोल्न सुरु गर्नु पहिला नै शर्माले पत्रकारलाई क्यामेर बन्द गर्न लगाए । 

‘एउटा कुरा है ! यहाँ बोलेको फेरि विरुद्धमा आयो भन्ने होला । रेकर्ड गरेर प्रशारण गर्ने होला । म अनौपचारिक कुरा गर्छु । त्यो क्यामेरा बन्द गर्नहोस् त ! रेकर्ड नगर्नू । जे पनिदेखाइ दिनुहुन्छ र अनि यहाँ भएको छलफललाई अर्को भाइरल बनाइदिनुहुन्छ ’, उनले भने ।  

प्रकाशित मिति: : 2019-07-17 17:33:51

प्रतिकृया दिनुहोस्