वैध र अवैध कारोबारलाई एउटै डालोमा हाल्यौं भने सुशासनको कुरा गर्नु व्यर्थ

तस्बिरः नेपाललाइभ

हामी अपारदर्शी र अनौपचारिकबाट पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरित हुने क्रममा छौं। यो क्रममा 'फेसलेस' विधिबाट 'इन्टरफेस' गर्न खोजिरहेका छौं। अनुहार हेरेर काम गर्दा मोलाहिजा हुने डर हुँदो रहेछ। अनुहारका प्रतिक्रियाहरुले कहिलेकाहीँ अस्वाभाविक अपेक्षा गर्ने अथवा अस्वाभाविक प्रतिक्रिया उत्पन्न हुने हुँदो रहेछ। प्रविधिको प्रयोगमार्फत हामीले विधिमा फेसलेस बनाउन खोजेका छौं। व्यवसाय तटस्थ हुन्छ, स्वविवेकीय अधिकारलाई यसले कम गर्छ र औपचारिक अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउँछ। 

यसै पनि अहिले मुलुकको आधा अर्थतन्त्र अनौपचारिक छ। मुलुकको व्यवसायको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा हुन्छ। अनौपचारिक क्षेत्रको व्यवसया गर्ने र औपचारिक क्षेत्रको व्यवसाय गर्नेहरुको बीचमा समन्यायिकता कसरी ल्याउने? मूल्य अभिवृद्धि कर तिर्ने, आयकर तिर्ने, भन्सार तिर्ने र नतिर्नेबीच कसरी अन्तर ल्याउने हामीले सोच्नुपर्छ। अथवा वैध र अवैध कारोबार गर्नेलाई एउटै डालोमा राखेर हेर्न थाल्यौं भने सुशासनको कुरा त नगरे पनि हुन्छ। त्यसो भएको हुनाले औपचारिक, वैध र पारदर्शी गर्ने व्यवसायको जगतलाई हामीले संरक्षण र प्रवर्द्धन गर्नुपर्छ। सहकार्य पनि हुनुपर्छ। त्यसको एउटा कडी नै यो प्रणाली हो। त्यसो हुनाले यो विधिप्रति हाम्रा निजी क्षेत्रका छाता संगठनको जुन सद्भाव रहेको छ त्यसको म सराहना गर्न चाहन्छु। यसमा आउने व्यवहारिक कठिनाइ हामी पनि बुझ्छौं। अनौपचारिक वा अर्धऔपचारिक व्यवसायलाई पूर्ण औपचारिक बनाउन सहज छैन। यो हामीलाई थाहा छ।

प्रकाशित मिति: : 2019-07-17 17:22:48

प्रतिकृया दिनुहोस्