अर्थ पुँजीवृद्धि अनुसार नाफा नहुँदा बीमा कम्पनीलाई सकस

निर्जीवन बीमा कम्पनीहरुले पुँजीवृद्धि अनुसारको व्यवसाय विस्तार गर्न नसक्दा लगानीकर्तालाई राम्रो लाभांश दिन नसक्ने सम्भावना बढेर गएको छ । बीमा समितिका एक अधिकारीले कम्पनीहरुले राम्रो व्यापार गर्न नसक्दा ५/१० प्रतिशतभन्दा बढी लाभांश दिन नसक्ने अवस्थामा पुगेको बताए ।

अहिले निर्जीवन बीमा कम्पनीले कम्तीमा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने प्रावधान छ । कम्तीमा एक अर्ब चुक्ता पुँजीलाई आधार मान्ने हो भनेपनि अहिले २० वटा निर्जीवन बीमा कम्पनी छन् । यस आधारमा उनीहरुको चुक्तापुँजी २० अर्ब हुन्छ । २० अर्ब चुक्तापुँजी भएको बीमा कम्पनीले अहिले औसतमा वार्षिक २१ अर्बको व्यापार विस्तार गरेका छन् ।
 
यसमा कम्तीमा ६० प्रतिशत रकम दाबी भुक्तानीमै कम्पनीहरुले खर्च गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि  एउटा कम्पनीको ५० देखि ६० करोड मात्र मार्जिन रहन्छ । एक अर्ब लगानी गरेको  कम्पनीले सोही अनुसारको लगानीकर्तालाई लाभांश दिनुपर्ने, कर्मचारी खर्र्च, कार्यालय सञ्चालन खर्च र सफ्टवेयर खर्च बुझाउँदा न्युनमात्र रकम बाँकी रहन जान्छ । यसले पनि ती कम्पनीले आफ्ना लगानीकर्तालाई ५/१० प्रतिशत पनि लाभांश दिन नसक्ने अवस्था रहेको ती अधिकारीले भने ।
प्रकाशित मिति: : 2019-07-15 18:55:03

प्रतिकृया दिनुहोस्