मनसुन अति सक्रिय, देशभर लगातारको वर्षा जारीः कहिलेसम्म यस्तै रहन्छ मौसम?

काठमाडौँ – देशका अधिकांश स्थानमा मनसुनी वर्षा शनिबार बिहान पनि जारी रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई तथा पश्चिम नेपालको पहाडी क्षेत्रमा रहेको मौसमविदले बताएका छन् ।

यस्तै मध्य र पूर्वी नेपाल नजिकै न्यून चापीय क्षेत्र समेत रहेकाले मनसुन शनिबार पनि अति सक्रिय अवस्थामा रहने देखिएको मौसमविदले जानकारी दिएका छन् ।

शनिबार दिनभर देशभर वर्षा जारी रहने छ । पूर्व र मध्यका तराई र पहाडी क्षेत्रका केही स्थान र पश्चिमको तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । वर्षाको क्रम शनिबार राति पनि जारी रहने देखिएको छ । आउँदो सोमबारसम्म बदली तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-07-13 08:01:06

प्रतिकृया दिनुहोस्