थापाथली प्रसुति गृहलाई छुट्टै जग्गा दिने प्रधानमन्त्रीको आश्वासन

नागरिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने आश्वासन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने आश्वासन दिएका हुन्।

शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रम उद्घाटन गर्दै उनले पार्किङलगायतका अस्पतालका अन्य समस्या पनि सरकारले छिट्टै समाधान गरिदिने आश्वासन व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सो अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पु¥याएको जापान सरकारप्रति पनि आभार व्यक्त गरे। प्रधानमन्त्री ओलीले स्त्री रोग तथा प्रसुतिको क्षेत्रमा सो अस्पतालले पु¥याएको सेवाको पनि खुलेर प्रसंशा गरे।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-07-12 18:54:09

प्रतिकृया दिनुहोस्