अभिनेत्री शिल्पाको घरेलु हिंसाको अनुभूति : फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई खाइरहने?

अभिनेत्री शिल्पा पोखरेल र उनका फिल्म निर्माता श्रीमान छवि ओझाबीच सतहमा आएको विवादको जरो घरेलु हिंसा भनिएको छ। शिल्पाले आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि हामीले दुबै पक्षका भनाइ समेटेका थियौं। बिहीबार मात्रै प्रहरीसमक्ष निर्माता ओझाले माफी मागेको समाचार आएको छ। यसैबीच, घटना र यसको सरोफेरोमा रहेर शिल्पा पोखरेलले नेपाल लाइभ सहकर्मी अनिल यादवसँग लामो वृत्तान्त सुनाइन्। बाँकी शिल्पाकै शब्दमा)

असार ८ गते बिहान १० बजेको थियो,  म दुईजना साथीसँग ‘कबिर सिंह’ फिल्म हेर्न जान्छु भनेर छवीजीलाई भनिरहेकी थिएँ। त्यो पनि नाइट शो होइन, बिहान ११ बजेको शो। 

फिल्म हेर्न जान्छु भन्ने बित्तिकै उहाँले मलाई सोध्नुभयो, ‘को-को जान लागेको?’ जवाफमा मैले विनिता दिदी र उहाँको मामाको छोरीसँग जान लागेको जानकारी दिएँ। ल, ठिकै छ भन्दै हुनुहुन्थ्यो, त्यतिबेलै उहाँको मोबाइलमा कसैको फोन आयो, एक्कासी अनुहारको रङ बदलियो। 

उहाँले फोन काट्नुभयो अनि सोध्नुभयो, ‘तँ नगएको भए कोसँग जान्थ्यो तेरो साथी?’ म गएको भएपनि, नगएको भएपनि ऊ उसको मामाको छोरीसँग जान्थ्यो होला। त्यो तपाईंले सोध्ने कुरै होइन नि भनेर मैले भनेँ। ‘को कोसँग जान्छ भनेर किन सोध्या? बरु तपाईंको प्लान के छ त्यो भन्नु न,’ मैले भनेँ। 

तपाईं, म र पृथ्वी जाने हो भने जाऔं, म उनीहरुसँग जान्न भनेँ। त्यसपछि उहाँ ‘होइन, भन् न भन्’ भन्दै झर्किन थाल्नुभयो। 'तँ कोसँग कहाँ जान्छस्, मैले जानकारी त पाउनुपर्‍यो नि!' भन्न थाल्नुभयो। 

त्यो जानकारी त तपाईंलाई छँदैछ नि! 'फेरि तीन महिनादेखि उहाँले मलाई गाडी नलैजा' भन्न थाल्नुभएको थियो। त्यसैले बिहान कतै छोड्दिनुपर्‍यो भने उहाँले नै छोड्दिनुहुन्थ्यो, पिकअप पनि उहाँले नै गर्नुहुन्थ्यो। 'कहाँ जान्छु, के गर्छु त्यो त तपाईंलाई राम्रोसँग थाहा छ' भनेर भनेँ मैले। 

त्यसपछि उहाँले एकदमै नराम्रो शब्द बोल्नुभयो। तँ र..., दिउँसै रंगौलिया मनाएर हिड्ने केटी। तँलाई मैले छोडिसकेपछि तँ कहाँ जान्छेस्, जान्छेस् नि! मलाई के थाहा?' भन्दै नानाथरी बोल्न थाल्नुभयो। 

यसरी नानाथरी गाली गरेपछि एउटा केटी मान्छेलाई रिस उठ्छ कि उठ्दैन? त्यो शब्दको अर्थ के हो भनेर सोधेँ मैले। 'तैँले मलाई हेपेको? म तेरो लोग्ने हो, मैले तँलाई जहाँ जान्छेस् भन्छु, त्यहाँ जान्छेस्, जहाँ जान्नस् भन्छु त्यहाँ जान्नस्' भन्दै झम्टिन थाल्नुभयो। 



प्रकाशित मिति: : 2019-07-12 07:43:57

प्रतिकृया दिनुहोस्