सधैँ डुबानमा पर्छ प्रदेश १ को राजधानी, पम्पसेट चलाएर अस्पतालबाट पानी निकालियो !

घटना १ : विराटनगरको सहिद रंगशाला पानीको आहालमा डुबेपछि मुख्यमन्त्री कपको फाइनल चरणका सबै खेलहरु धरान सारिए ।
 
घटना २ : ढल, हिलोमैलो र फोहोर पानी कोशी अञ्चल अस्पतालको गेटबाट सोझै इमरजेन्सी वार्डतर्फ बग्यो । अस्पताल परिसर डुबानमा पर्‍यो ।

घटना ३ : निर्माणाधीन देवकोटा चौक सडक बर्खे भेल उर्लिएपछि एकैक्षणमा पोखरी बन्यो । मिनरलवाटर र बियरका बोतल अनि प्लाष्टिकजन्य फोहोर आगँन-आगँनमा पुग्यो । घटना निरीक्षण गर्न पुगेका जनप्रतिनिधिसँगै स्थानीय आक्रोशित भएपछि उनीहरुले सम्झाइ-बुझाइ गर्नै सकेनन् ।
 
घटना ४ : एक झमट पानी पर्दा नपर्दै ट्राफिक चौक र हिमालय रोड गन्धे पानीले डुब्यो । एकैछिनमा पािर्कङ गरिएका मोटराइकल डुबाउने भएपछि भागदौड नै मच्चियो । 

प्रकाशित मिति: : 2019-07-12 07:28:54

प्रतिकृया दिनुहोस्