सेलेब्रिटीका बहुविवाह

सामान्य मानिसका व्यवहार आम चासोमा आउँदैनन्। तर, सेलिब्रिटी भइसकेपछि मानिसको जीवनमा निजीत्व कमजोर हुँदै जान्छ। सेलिब्रिटीले समाजमा रोल मोडलको भूमिका निर्वाह गर्नुपर्छ र त्यो विषयमा तलमाथि पर्दा उनीहरूबारे व्यापक चर्चा–परिचर्चा हुन्छ, कहिलकाहीं त गालीसम्म खानुपर्ने हुन्छ।

सेलिब्रिटी गसिपमा सबैभन्दा अगाडि आउने विषय हो, सम्बन्धविच्छेद। प्रेम र सम्बन्ध अकुंराउँदा उनीहरूबारे जति फुलबुट्टे चर्चा हुन्छ, त्यो टुक्रिने अवस्था बन्दा अर्कै खाले लखबाजी चल्छ। किन, के, कसरी, को कति भिजेको अनि ओभानो, इत्यादि। सेलिब्रिटी इमेजको रूमानी कलेवरमाथिको अँध्यारो छाँया खासमा फ्यानहरूका लागि बढी गाढा अनि गह्रौं पर्छ।

धेरै सेलिब्रिटी जोडीका सुखद कथा एक्कासी भंग हुन्छन्। छुट्टिएर अर्को बन्दोबस्तीतिर लाग्न पनि बेर लाग्दैन। यस्तोमा मानिसका सामान्य आवश्यकता, सेलिब्रिटी पनि मान्छे नै त हो भन्ने पक्षलाई फ्यानहरूले खासै हेक्का गर्दैनन्। अर्थात्, उनीहरू आफ्ना सेलिब्रिटी नैतिक धरातल, विवेकशीलतामा उच्च नै भएको हेर्न चाहन्छन्।

भर्खर मात्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको दाम्पत्य जीवनमा कालो बादल मडारिएको छ। र, उनीहरूबीच यति तिक्तता बढेको रहेछ कि शिल्पाले त सुरक्षा पाउँ भनेर उजुरी नै दर्ता गराएकी छिन्।

यो प्रसंगमा नेपाली सिने क्षेत्रका चर्चित सम्बन्धविच्छेद प्रकरणलाई पुनर्ताजगीमा हेर्नु रोचक हुन्छ।

प्रकाशित मिति: : 2019-07-11 15:49:47

प्रतिकृया दिनुहोस्