सांसदका बडिगार्ड थिए भोजपुर भिडन्तमा मारिने प्रहरी जवान

विप्लव कार्यकर्ताबाट मारिएका प्रहरी जवान सञ्जिव राई

भोजपुर भिडन्तमा मारिने प्रहरी जवान सञ्जिव राई लामो समयसम्म नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड थिए।

भोजपुरबाट निर्वाचित संघीय सांसद तथा नेकपा केन्द्रीय सदस्य सुदन किरातीसँग लामो समय बसेका सञ्जिव मिलनसार र काम प्रति निष्ठावान थिए। केही समययता उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। सादा पोशाक घुमुवा समुहमा उनको ड्युटी थियो।

नेपालखबरसँग कुराकानीगर्दे सांसद किराँतीले घटनाले दुखी बनाएको बताए। उनले आफू जिल्लामा रहँदा लामोसमय सञ्जिव आफ्नो सुरक्षामा खटिने गरेको संस्मरण गरे।

प्रकाशित मिति: : 2019-07-11 09:02:56

प्रतिकृया दिनुहोस्