शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको मृत्यु ,चार शिक्षक प्रहरी नियन्त्रणमा

कञ्चनपुरको भीमदत्त नगरपालिका १७बाँसखेडाका शिक्षकले कुटपिटबाट घाईते भएका विद्यार्थी मृत्यु

कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गयराती मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए । उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो । 

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो ।  विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका थिए  । कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार (शुक्रबार) विद्यालयमै कुटपिट गरेको उनका बाबु बृरस्पती कलौनीले बताए। मृतक कलौनीका बाबुले प्रअ यशोदा जोशी, शिक्षत्रय लक्ष्मण दत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको यस अघि नै आरोप लगाएका थिए ।  कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो । 

प्रकाशित मिति: : 2019-07-10 09:07:29

प्रतिकृया दिनुहोस्