बिरामी छ सगरमाथा : स्थलगत रिपोर्ट (भिडियो)

फोहोरको डंगुर बनाएर कसरी स्वस्थ होला र सगरमाथा ? तस्बिर : एजेन्सी

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाले हाम्रो देशलाई विश्वसामु परिचित गराएको छ । सागरमाथा विश्वभरका पर्यटकको रोजाइको केन्द्र हो । जति पर्यटकीय गन्तव्य हो त्यो भन्दा बढी हाम्रो देश नेपालको परिचय हो। 

पर्यटक सगरमाथा आरोहणकै लागि लाखौं खर्च गरिरहेका छन् । नेपाल सरकारको आम्दानी र रोजगारीको  प्रमुख स्रोत पनि बनेको छ सगरमाथा । सरकारले सगरमाथा आरोहण अनुमतिका लागि विदेशीसँग प्रतिव्यक्ति ११ हजार डलर र नेपालीसँग ७५ हजार दस्तुर लिन्छ। 

सरकारले पछिल्लो एक वर्षमा ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन गरेको छ। सगरमाथा आरोहणका अनेक कीर्तिमान छन् । जसले हामी मख्ख पर्छौँ तर सगरमाथा बिरामी छ भन्नेकुरा हामी थोरैलाई मात्र थाहा छ। 

प्रकाशित मिति: : 2019-07-09 03:46:21

प्रतिकृया दिनुहोस्