अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भन्छन्: मलाई मतलब छैन

ब्रिटिश राजदूतको इमेल बारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भन्छन्: मलाई मतलब छैन । तस्बिर : एएफपी

ब्रिटिश सरकारले वाशिङ्टनका लागि आफ्ना राजदूतका टिप्पणी सहितका कैयौँ सन्देशहरू चुहावट भएको विषयमा औपचारिक छानबिन गर्ने घोषणा गरेको छ।

राजदूत सर किम डारोचका भनाइहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रति आलोचनात्मक भएको बताइएको छ।

ट्रम्पले सर किम 'ब्रिटेनको सेवा राम्ररी नगरेको व्यक्ति' भएको टिप्पणी गरेका छन्।

न्यू जर्सीमा पत्रकारहरूलाई ट्रम्पले भने: "हामी ती मानिसको ठूलो प्रशंसक होइनौँ र उनले यूकेको राम्ररी सेवा गरेका छैनन्।"

"म त्यो बुझ्छु र उनीबारे केही कुराहरू भन्न सक्छु। तर मलाई मतलब छैन।"

प्रकाशित मिति: : 2019-07-09 03:38:57

प्रतिकृया दिनुहोस्