युवतीमाथि सिरिन्ज प्रकरण : बनेपाबाट पक्राउ परे स्याङ्जाका शिक्षक

थाहा संवाददाता

काठमाडौं : दुईजना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ।  बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ। उनलाई नजिकबाट चिन्‍ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्। उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ। 

प्रकाशित मिति: : 2019-07-08 15:05:25

प्रतिकृया दिनुहोस्