उपत्यकाका विस्तारित सडक चार वर्षदेखि लथालिङ्ग

काठमाडौं उपत्यकामा सडक विस्तार सुरु भएको चार वर्ष बितिसक्दा पनि लक्ष्यअनुसार काम भने हुन सकेको छैन । निर्माण कम्पनीले समयमै काम नसक्दा सर्वसाधारण सास्ती व्यहोर्न बाध्य छन् ।
सडक विस्तारमा निर्माण कम्पनी र सडक विभागअन्तर्गतका आयोजना कार्यालयले आवश्यक सक्रियता नदेखाउँदा विस्तारित सडकको प्रगति निराशाजनक देखिएको भन्दै आलोचना भइरहेको छ ।

“उपत्यकामा विस्तार भइरहेका सडकमा काम गरेका कुनै पनि निर्माण कम्पनी योग्य र सक्षम छैनन्,” उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर विश्वविजयलाल श्रेष्ठ भन्छन्, “निजामतीमा जागिर खानलाई तहअनुसार कर्मचारीको दक्षता मापन गरिन्छ । तर निर्माण क्षेत्रमा काम गर्ने कर्मचारीको दक्षता, योग्यता र अनुभव मापन नगरी ठेक्का दिने गरिन्छ । त्यसैले उपत्यकामा विस्तार गर्न काम गरिएका कुनै पनि सडकको राम्रो रिजल्ट नआएको हो ।”

प्रकाशित मिति: : 2019-07-08 14:44:32

प्रतिकृया दिनुहोस्