विषादी परीक्षणको निर्णयमा सरकारले गाईजात्रा देखायाे: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट विषादी परीक्षण नगरी तरकारी तथा फलफूल ल्याउने सरकारको निर्णयप्रति आपत्ती जनाएको छ।

आयातकर्ता र भारतको दबाब थेग्न नसकेपछि सरकारले भारत लगायत अन्य मुलुकबाट आयात गर्ने तरकारी र फलफूलमा विषादीको अवशेष परीक्षण गर्ने निर्णय एक महिना नबित्दै उल्ट्याएको थियो ।

उक्त निर्णयप्रति सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाकी कांग्रेस सदस्य अनिता देवकोटाले दबाबमा जनस्वास्थ्यमाथि सरकारले खेलवाड गर्न थालेको भन्दै आपत्ति जनाइन्।

प्रकाशित मिति: : 2019-07-07 17:51:14

प्रतिकृया दिनुहोस्