ओलीको निर्देशनपछि पनि रोकिएनन् नेकपाका नेता, विषादी जाँच नगर्ने सरकारी निर्णयको विरोध जारी

https://deshsanchar.com/2019/07/07/219542/

काठमाडौँ – भारतबाट नेपाल भित्रने तरकारी तथा फलफुलमा रहेको विषादीमा मात्रा जाँच गर्ने निर्णयबाट सरकारपछि हटेपछि सर्वत्र आलोचना भइरहेको छ ।

सत्तारुढ नेकपाकै नेता तथा सांसदले पनि सार्वजनिक रुपमा आफ्नो निर्णयबाट पछि हट्ने सरकारी कदमको विरोध गरेका छन् । सरकारले भारतको आग्रहमा तरकारी तथा फलफुलमा रहेको विषादीको मात्रा जाँच गर्ने निर्णय फिर्ता लिएको हो ।

विरोध बढ्दै गएपछि प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार विरुद्ध भइरहेको आलोचनाको सामूहिक रुपमा प्रतिवाद गर्न र विरोधमा सामेल नहुन निर्देशन दिए । शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिए पनि नेकपाका नेताहरुले सरकारी निर्णयको विरोध गर्न भने छाडेका छैनन् ।

नेकपा सांसद मेटमणि चौधरीले सरकारको व्यंग्यात्मक रुपमा आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा ‘केटाकेटी आए गुलेली खेलाए मटेङ्ग्राको सत्यानाश’ भन्दै सरकारका पछिल्ला केही निर्णय जसबाट उ पछि हट्यो र ती जनताका पक्षमा थिए भनेका छन् ।

कम्युनिष्ट सरकारले यातायातमा सिन्डिकेट हटाउने, समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारवाही गर्ने, गुठी विधेयक पास गरि गुठी जमिनलाई किसानहरुलाई हस्तान्तरण गर्ने र भारतबाट आयात हुने विषादीयुक्त तरकारीमा रोक लगाउने निर्णय गरेकोमा सबैबाट पछि हटेको भन्दै उनले आलोचना गरेका छन् ।

 

प्रकाशित मिति: : 2019-07-07 08:23:10

प्रतिकृया दिनुहोस्