प्रचण्डलाई बाबुरामको जवाफ : दीपक मनाङे भएको पार्टीमा अरु वौद्धिकहरु आवश्यक पर्छ र ?

 शुक्रबार नेपाल कम्युनिस्ट पार्टीले समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला लगायतलाई स्वागत गर्‍यो । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएपछि अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै नेकपामा आउन आग्रह गरे ।

उनले बाबुरामको वौद्धिकताले अरु पार्टीका गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणीसमेत गरे ।

‘बाबुरामजीको वौद्धिकताले अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन । कम्युनिष्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो । उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो’ उनले भने ।
प्रकाशित मिति: : 2019-07-05 15:58:51

प्रतिकृया दिनुहोस्