शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीले षड्यन्त्र गर्दैछन्ः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरूले विभिन्न षड्यन्त्र गरिरहेको बताएका छन्। शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। शान्ति प्रक्रिया भाँड्न केही मानिसहरूलाई युरोपलगायत संसारका विभिन्न मुलुकमा घुमाउने काम भइरहेको उनले दाबी गरे।

 

प्रकाशित मिति: : 2019-07-05 15:48:44

प्रतिकृया दिनुहोस्