गोङ्गबु बैठक : काँग्रेसमा बदलिएकै हो त समीकरण?

तस्बिरः रातोपाटी

काठमाडौं – चार दिनपछि (असार २२ गते ) बस्ने काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठाउने एजेण्डा तय गर्न संस्थापन र इतरपक्ष आन्तरिक रणनीतिमा जुटेका छन् ।

संस्थापन पक्ष सहमतिका आधारमा बुथ, प्रदेश निर्वाचन क्षेत्रीय, प्रदेश र विभिन्न भ्रातृ सङ्गठनमा मनोनयनमार्फत समिति गठन गर्ने कसरतमा छ । तर संस्थापन इतरपक्ष भने पार्टी विधानविपरीत मनोनयन गरिए नमान्ने अडानमा छ ।

संस्थापन पक्षको तयारी बुझेको इतर पक्षले आफ्ना एजेण्डा मुखरित गर्न लगातार भेला र छलफल गर्दै आएको छ । सोही अनुसार मङ्गलबार साँझ नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको निवास गोङ्गबुमा बृहद छलफल भएको छ । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्रीद्वाय प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय अर्जुन नरसिंह केसी र सुजाता कोइरालागायत उपस्थित थिए ।

साँझ ५ बजेदेखि ८ : ३० बजेसम्म चलेको बैठकमा नुवाकोट सभापति जगदिश्वनरसिंह केसी, उदयपुरका सभापति विदुर बस्नेत र रोल्पाका सभापति अमरसिंह पुन पनि सहभागी थिए । 

प्रकाशित मिति: : 2019-07-03 18:04:44

प्रतिकृया दिनुहोस्