नयाँ शक्ति -फोरम एकताप्रति असन्तुष्ट पराजुलीसहित नेता नेकपा प्रवेश गर्दै

नेपालखबर

 नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकताप्रति असन्तुष्ट नेता देवेन्द्र पराजुलीसहितका नेता, कार्यकर्ता तथा केही व्यवसायीहरु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा एक कार्यक्रमबीच नेता पराजुली, पूर्वमन्त्री तथा नेत्री कल्पना धमला, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत नेता तथा केही पर्यटन व्यवसायी नेकपा प्रवेश गर्न लागेका हुन्। उनीहरुका साथमा जिल्ला स्तरका नेता र विद्यार्थी संगठनका नेताहरु पनि नेकपा प्रवेश गर्न लागेको बताइएको छ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीबीचको एकता प्रक्रियामा असन्तुष्ट रहँदै आएका पराजुली यसअघि पनि नेकपा प्रवेश गर्ने चर्चा चलेको थियो। तत्कालीन नयाँ शक्तिका नेता रहेको उनीहरु एकता प्रक्रियामा सहभागी भएका थिएनन्। तर, तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको आग्रहका कारण रोकिएका उनीहरु मंगलबार नेकपाका अध्यक्षद्वयसँगको छलफलपछि नेकपा प्रवेश गर्ने भएका हुन्।

प्रकाशित मिति: : 2019-07-03 13:57:13

प्रतिकृया दिनुहोस्