प्रचण्डपुत्र प्रकाशको जन्म दिनमा माधव नेपालको ठट्टा : मैले खुकुरी त बोकेँ, कसैलाई छप्काउन सकिन!

तस्बिरः पहिलो पोष्ट

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाश दाहालको स्मृतिमा प्रकाश दाहाल प्रतिस्ठानले आज राजधानीमा साहसिक सगरमाथा सम्मान कार्यक्रम आयोजना गर्‍यो। मञ्चमा थिए अधिकांश राजनीतिक दलका नेता। प्रचण्ड स्वयम् प्रमुख अतिथि, विशिष्ठ अतिथि ने क पाकै वरिष्ठ नेता माधव नेपाल।

दुई वर्ष अगाडि निधन भएका प्रकाशको जन्मदिन पारेर कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकाशको गुनगान गाए। व्यक्तित्वको चर्चा गरे।

पालो आयो ने क पाका वरिष्ठ नेता नेपालको। प्रकाशको निधनले प्रचण्डको दाहिने हात भाँचिएको उनले बताए। ‘प्रकाश दाहालका अनेक व्यक्तित्व छन्। उनले सगरमाथा आरोहण गरेर परिकल्पनाभन्दा बाहिरको काम गरे,’ नेता नेपालले भने, ‘प्रकाशलाई गुमाउनु पर्दा प्रचण्डको दाहिने हात भाचिएको छ। अल्पायुमा बिदा गर्दा हामी दु:खी भएका छौँ।’

प्रकाशित मिति: : 2019-07-02 23:03:37

प्रतिकृया दिनुहोस्