आफैं बिरामी छ कान्ति बाल अस्पताल

उदास चेहराका मानिसहरुको ओहोर–दोहोर बाक्लो छ । सोधपुछ कक्षको ठीक पछाडिपट्टि एउटा कुनामा आशिषकुमार साहको परिवार बसेको छ । अर्को कुनामा बालबालिका खेलिरहेका छन् ।

ओपीडी विभाग भरिराऊ छ । टिकट काट्ने ठाउँमा लाइन उस्तै । इमर्जेन्सी कक्ष बाहिर एम्बुलेन्सको आउजाउ छ । भित्र बेड भरिभराउ । बच्चाहरु रोएको बराबर सुनिन्छ । सोधपुछ कक्ष छेवैमा रिपोर्ट कुर्नेहरुको भिड छ । तर, कर्मचारी गायब छन् । यो कान्ति बाल अस्पतालको परिदृश्य हो ।

‘डाक्टरले आज रिपोर्ट लिएर आउनु भनेका थिए तर, यहाँ रिपोर्ट दिने मान्छे नै छैनन्’, एकराज जीसी भन्छन्, ‘बल्ल बल्ल आएको पालोमा रिपोर्ट नै देखाउन नपाइने भयो ।’

 

भोजपुरका जीसी चार वर्षीया छोरीको मुटुमा समस्या देखिएपछि कान्ति आएका रहेछन् । अस्पताल धाएको चौथो दिनमा रिपोर्ट नपाएर उनी खिस्रिक्क परेका थिए । कान्तिमा यसरी दिनहुँ सैयौंले दुःख पाइरहेका छन् ।

आशिषकुमार साहका काखमा सानी नानी छन् । छेउमै श्रीमती, लुगाका पोका र खाना पकाउने भाँडावर्तन छन् । साह परिवारले रातिको वास पनि त्यहीँ बनाएका रहेछन् ।

साह दम्पत्ति जन्मजात मलद्वार नभएकी छोरीको उपचार गराउन चार दिनअघि सिराहाबाट आएका रहेछन् । नानीको पेटबाट प्वाल पारेर दिसा गराउने गरिएको रहेछ । यसैकै लागि छ महिनादेखि यो अस्पताल धाइरहेको साहले अनलाइनखबरलाई बताए । ‘डाक्टरहरुले सकेसम्म छिटो अपरेशन गर्नुपर्छ भन्थे । तर, अहिलेसम्म पालो नै आएको छैन’, उनले भने, ‘निजी अस्पतालमा लग्ने पैसा भएको भए यति अपरशेन गर्न एकसाता पनि लाग्दैनथ्यो ।’

 

प्रकाशित मिति: : 2019-07-01 18:04:53

प्रतिकृया दिनुहोस्