ठूलो भ्रष्टाचार मुद्दामा अख्तियारको हार, चार पूर्वमहानिरीक्षकलाई सफाइ

विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वप्रमुखहरूलाई भ्रष्टाचारको मुद्दामा सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो।

तर विशेष अदालतले पूर्वप्रमुखहरू बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई सफाइ दिएको हो।

विपक्षीहरूको तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतका अनुसार उनीहरूसहित सबै विपक्षीलाई 'सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा' सफाइ दिएको छ।

प्रकाशित मिति: : 2019-07-01 17:54:13

प्रतिकृया दिनुहोस्