‘हिरो’ श्रीमान छाडेर परपुरुषसँग सम्बन्ध, ‘यौन सुख’ कायम राख्न आफ्नै आमाको ‘सफाया’

भक्तपुरको चागुनारायण नगरपालिका-७ बाँसबारीमा सोमबार दिउँसो घरमा बसिरहेकी एक वृद्धाको घाँटी रेटी हत्या भयो। घटनाबारे थाहा पाएपछि आफन्तहरु भेला हुँदै गए। ६१ वर्षीया सावित्री भट्टराई कान्छी छोरी ईश्वरीको बस्दै आएकी थिइन्। बिहानै होटलको काममा निस्कने ईश्वरीका श्रीमान आइतबार पनि सबेरै बाहिरिएका थिए।

ईश्वरी पनि बाहिर काम छ भन्दै निस्किएकी थिइन्। घरमा नातीलाई खाना खुवाएर स्कूल छाड्ने जिम्मा सावित्रीकै थियो। यता  नातिलाई स्कूल पुर्‍याएर घर फर्किए लगत्तै सावित्रीको हत्या भएको प्रहरी निष्कर्ष थियो। तत्काल अपराधी फेला नपरे पनि  कसले हत्या गर्‍यो भन्नेबारे प्रहरीलाई थाहा पाउन धेरै समय लागेन।

तत्कालै घटनास्थल पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छरछिमेकसँग सोधपुछ गर्‍यो। उनीहरुले बिहानको समयमा केही तराई मुलका युवाहरु त्यस घरमा आएको देखेको बताए। उनीहरुका अनुसार तीमध्ये एक युवा ईश्वरीको घरमा पहिला पनि आइरहन्थे। प्रत्यक्षदर्शीले ती युवा र सावित्रीबिच झगडा भएको देखेको पनि बताए।

त्यसअघि पनि त्यस घरमा आइरहने  ती युवा को थिए भन्नेबारे प्रहरीको अनुसन्धान केन्द्रित रह्यो। यत्तिकैमा ईश्वरीका ४ वर्षीय छोराले ती युवाको नाम भन्दिए ‘समिर’। समिर अर्थात मोहम्मद नौसाद। नौसादलाई सावित्रीका आफन्तहरुले चिन्थे। नजिकै रोइरहेका एक आफन्तले प्रहरीलाई भने-नौसादको मोबाइल नम्बर मलाई थाहा छ।

 

प्रकाशित मिति: : 2019-07-01 17:36:46

प्रतिकृया दिनुहोस्