आइफाको खर्च : कसलाई कति पर्छ ?

नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।  बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर(४४करोड रुपैयाँ) खर्च गर्ने छ । काइण्ड सपोर्ट अन्तरगत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।

क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैले गर्ने छ । त्यस बाहेक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्थाले पनि क्यास अन्तरगत सहयोग गर्नेछन् । होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियसन नेपाल(हान),नेपाल बायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्ने छ । 

प्रकाशित मिति: : 2019-07-01 09:01:39

प्रतिकृया दिनुहोस्