‘भारतले हारेपछि इतिहासमा पहिलो पटक पाकिस्तानीले टिभी फुटाइरहेका छन्’

आइसीसी विश्वकप २०१९ को प्रतिस्पर्धामा इंगल्याण्डले भारतलाई हराएपछि पाकिस्तानका लागि सेमी फाइनल पुग्ने समस्या बढेको छ ।

उक्त खेलमा पाकिस्तानी प्रशंसक भारतको समर्थन गरिरहेका थिए र इंगल्याण्डको हारका लागि प्रार्थना गरिरहेका थिए । तर भारतको हारसँगै पाकिस्तानी प्रशंसकको आशा निराशामा बदलिएको छ ।

यसको असर सोसल मिडियामा पनि देखिएको छ र मानिसहरु विभिन्न प्रकारका प्रतिक्रिया दिइरहेका छन् ।

एकातर्फ रोहित शर्माको शतकले चौतफी वाहवाही बटुलिरहेको छ भने अर्कातर्फ एमएस धोनीले सुस्त खेलेको भन्दै रोष व्यक्त गरिँदैछ ।

खेल समाप्त भएपछि भारतले यो खेल पाकिस्तानीलाई सेमी–फाइनलमा जान रोक्नका लागि जानीजानी हारेको पाकिस्तानले दाबी गरिरहेको छ ।

प्रकाशित मिति: : 2019-07-01 08:14:57

प्रतिकृया दिनुहोस्