युरोपमा असाध्यै गर्मी फ्रान्सको तापक्रम अहिलेसम्मकै उच्च, पुग्यो ४५.९ डिग्री सेल्सियस

युरोपका केही देशमा हाल गर्मी उत्कर्षमा पुगेको छ । विशेष गरी फ्रान्सको जनजीवन उच्च तापक्रमका कारण प्रभावित भएको छ । फ्रान्सको तापक्रम इतिहासकै सबैभन्दा बढी ४५.९ डिग्री सेल्सियस पुगेको छ ।

युरोपभर तातो हावा चलिरहेको छ । फ्रान्सको दक्षिणी गाउँ गेलागुँलु मोन्तुको तापक्रम ४५.९ डिग्री पुगेको हो । यसअघि सन् २००३ मा तातो हावा चलेका बेला फ्रान्सको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो ।

फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेर बुयिनले तापक्रम बढ्दै गएकाले सबै जोखिममा रहेको बताएका छन् । फ्रान्सको मौसम विभागले चार क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ । रेड अलर्ट जारी गरिएका सबै क्षेत्र दक्षिणमा पर्छन् ।

प्रकाशित मिति: : 2019-06-29 13:28:44

प्रतिकृया दिनुहोस्