औद्योगिक शान्ति विना सामाजिक र साँस्कृतिक शान्ति असम्भवन– वरिष्ठ नेता नेपाल (भिडियोसहित)

तस्बिरः बिएल

नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले औद्योगिक शान्ति विना सामाजिक र साँस्कृतिक शान्ति सम्भवन नभएको बताएका छन्। बुधबार राजधानीमा आयोजित औद्योगिक शान्ति नेपाल म्युजिकल अवार्ड २०७६ कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अहिलको आवश्यकता औद्योगिक शान्तिको आवश्यकता भएको बताए। उनले सांगितिक तथा सांस्कृति क्षेत्रको संरक्षण, संम्वद्धन र प्रवद्धन गर्नु आजको आवश्यकता भएको जोड दिए। 


अवार्ड कार्यक्रममा औद्योगिक शान्ति नेपाल पत्रकारिता सम्मान २०७६ बाट वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, नेपाल टेलिभिजनका संवाददाता सोम शर्मा बजगाई लगायतलाई सम्मान गरिएको थियो। त्यस्तै समाजमा उल्लेख्य योगदान पु¥याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

म्युजिक अवार्ड २०७६ अन्र्तगत सांगितिक क्षेत्रका २२ विद्यामा मनोनयनमा परेका कलाकार, गायक तथा संगीतकारहरुलाई अवार्ड प्रदान गरिएको थियो। म्युजिकल अवार्ड २०७६ को लाइफटाइम अचिभमेन्ट अर्वाडबाट देव रानालाई प्रदान गरिएको छ।

कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, पूर्व अर्थमन्त्री डा. शंकर कोइराला, नेकपाका स्थायि कमिटि सदस्य घनश्याम भुसालले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

 

प्रकाशित मिति: : 2019-09-11 18:44:33

प्रतिकृया दिनुहोस्