कार्यालय प्रमुख र कर्मचारीबीच कुटाकुट : सातजना थुनामा

टेकबहादुर शाही

डोल्पा : डोल्पामा कर्मचारी र कार्यालय प्रमुखबीच कुटाकुट भएपछि पक्राउ परेका सात कर्मचारी पाँच दिनदेखि थुनामा छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डका निमित्त संरक्षण अधिकृत र अन्य कर्मचारीबीच कुटाकुटा हुँदा सात कर्मचारी पक्राउ परेका थिए। 

गत ८ गते पोष्टबाट कार्यालयमा फर्किएका कर्मचारीले यार्सागुम्बा संकलनको राजश्व जम्मा गर्ने विषयमा निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादव र कर्मचारीबीच विवाद भएपछि हातहालाहालको अवस्था सिर्जना भएको थियो। 

पोष्टबाट आएका कर्मचारीले बैँकमा जम्मा गर्न अनुमति मागेको र प्रमुख यादवले पूरै हिसाब गरेर मात्रै जम्मा गर्न भनेपछि बिबाद बढेको थियो। 
    
पोष्टको टोलीले झण्डै ७० लाख राजश्व बैंकमा जम्मा गरेको विषयलाई लिएर साँझ मदिरा सेवन गरेर निमित्त संरक्षण अधिकृत यादव, सहायक संरक्षण अधिकृत गोपाल खनाल र रेन्जर छत्र खड्गामाथि आक्रमण भएको थियो। 

प्रकाशित मिति: : 2019-06-28 16:10:42

प्रतिकृया दिनुहोस्