मानवअधिकार आयोगकाे विधेयकमा पनि सरकार पछि हट्याे, नेम्वाङ भन्छन्, ‘आयोगका कुरा सुनुवाइ हुन्छ’

माधव ढुङ्गेल

काठमाडौं, असार १२ : सरकारले संघीय संसद्मा प्रस्तुत गरेको राष्ट्रिय मानवअधिकार आयोग ऐनसम्बन्धी विधेयकको आयोगले विरोध गरेपछि नेकपा संसदीय दल छलफलमा जुटेको छ। मानवअधिकार आयोगको क्षेत्रधिकारमा आँच पुग्ने गरी संशोधन हुन नदिने प्रतिबद्धतासहितकोे सन्देश नेकपा संसदीय दलले आयोगलाई पठाएको छ।

पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीसँग छलफल गरी यस्तो सन्देश पठाएका हुन। उपनेता नेम्वाङले काठमाडौंप्रेससँग भने, ‘मैले आयोगका सदस्य प्रकाश वस्तीजीसँग यसबारे छलफल गरेँ। आयोगका सरोकारलाई विधेयकमा संशोधनमार्फत् सम्बोधन गर्न सकिन्छ। मैले यो कुरा प्रष्टसँग भनेको छु। मलाई जानकारी भएसम्म यसबारे उहाँले आयोगमा कुरा पुर्‍याइसक्नुभएको छ।’

प्रकाशित मिति: : 2019-06-27 12:59:59

प्रतिकृया दिनुहोस्