हेडफोन र एयरफोनले कानमा असर पुर्‍याउँछ ?

काठमाडौं । पछिल्लो समय युवा पुस्तामा तीव्र र कडा स्वरको सम्पर्कमा रहने गर्दा उनीहरूको सुन्ने क्षमता समस्या आउने गरेको चिकित्सकहरुले बताएका छन् । युवा पुस्तामा सुन्ने क्षमता कमी आउनु भनेको हेडफोन र एयर फोनको प्रयोग पनि एक रहेको नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलले बताए । 

“हेडफोन अत्यधिक प्रयोग गर्ने दर बढेको छ । जसले गर्दा कानसम्बन्धी समस्या बढ्दै गएको देखिन्छ,” उनले भने, “हेडफोनको अत्यधिक प्रयोग, चर्को स्वरमा गीत सुन्ने आदिले गर्दा युवाको सुन्ने क्षमतामा कमी देखिएको छ ।” 

यसरी लामो समयसम्म हेडफोन र एयरफोन प्रयोग गर्दा कानको नशा कमजोर हुनु, सुन्ने क्षमता प्रभावित हुनु, कान दुख्ने वा सुन्निनु, मानसिक तनावलगायतका समस्या समेत देखिने डा. पौडेलको भनाई छ । ९० डेसिबलभन्दा बढी स्वरमा गीत सुन्दा यसले कानलाई गम्भीर क्षति पुर्‍याउन सक्छ । इयर फोन वा हेडफोनमा संगीत सुन्दा करिब ६० प्रतिशत कम आवाज मै सुन्नु राम्रो मानिन्छ । हेडफोनको माध्यमले गीत सुन्दा समयसमयमा ब्रेक लिनुका साथै भोल्युमसमेत कम राख्नुपर्ने नाक कान घाँटी रोग विशेषज्ञ डा. वीरसिंह थापाले बताए ।

प्रकाशित मिति: : 2019-06-27 10:22:23

प्रतिकृया दिनुहोस्