क्लिन फिड लागू हुँदा के फाइदा हुन्छ मुलुकलाई?

झन्डै चार वर्षअघि सरकारले क्लिन फिड नीति मन्त्रिपरिषदबाट पारित गर्‍यो। त्यो बेला सरकारको बागडोर सम्हालेका थिए, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले । सञ्चार मन्त्री थिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई।

त्यतिबेला क्लिन फिड लागू गर्न सरकारले केही प्रयास गर्‍यो । केहीको माग अनुसार नीतिगत व्यवस्था मिलाउनु पर्ने भएको भन्दै सरकारले झन्डै वर्षदिनको समय दिएर २०७४ साउन १ देखि मुलुकमा विदेशबाट आउने सम्पूर्ण च्यानलमा क्लिन फिड नीति लगाउने घोषणा गर्‍यो।

तत्कालीन मन्त्रिपरिषदले नीति पारित त गर्‍यो, तर अस्थिर राजनीतिको चपेटाले यसलाई पनि छाडेन । तत्कालै सरकार परिवर्तन भयो । नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको संयुक्त सरकार बन्यो ।

सरकार परिवर्तनसँगै क्लिन फिड लागू नगर्ने चलखेल सुरु भयो । त्यसलाई सरकारले धान्न सकेन। २०७४ असार पहिलो हप्ता मन्त्रालयले सूचना जारी गर्‍यो– क्लिन फिड नीति हालका लागि स्थगित गरिएको छ । सरकारको नेतृत्वमा थिए शेरबहादुर देउवा र सञ्चारमन्त्री मोहनबहादुर बस्नेत।

प्रकाशित मिति: : 2019-06-27 09:37:53

प्रतिकृया दिनुहोस्