त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

  • धेरैजसो विषयमा फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानबाट खुलेको छ
  • नतिजा आउँदा फेल तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित 
  • राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको खुलासा

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् । 

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको छ । 

प्रकाशित मिति: : 2019-06-27 08:24:07

प्रतिकृया दिनुहोस्