मध्यरातमा केटी साथी भेट्न जाँदा कुटपिटबाट हत्या

राजविराज : सप्तरीको राजविराजमा बुधबार एक युवकको हत्या भएको छ। केटी साथी भेट्न गएका सप्तरीको तिरहुत गाउँपालिका २ गोइठी घर भई राजविराज बसोबास गर्दै आएका २५ वर्षीय जयकृष्ण बिराजीको युवाको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर बिराजीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा बुधबार दिउँसो मृत्यु भएको मृतकका परिवारले बताए। सोमबार राति करिब १२ः३० बजे कुटपिटबाट घाइते भएको अवस्थामा बिराजीलाई राजविराज नगरपालिका ६ खर्साल टोलस्थित हरिनारायण शर्माको घर अगाडि सडकबाट प्रहरीले उद्धार गरेको थियो। 

प्रकाशित मिति: : 2019-06-27 08:05:55

प्रतिकृया दिनुहोस्