समिति बैठकमा सांसदहरूको प्रश्‍न : देशलाई द्वन्द्वमा धकेल्न खोजेकै हो?

थाहा संवाददाता

काठमाडौं : सत्तारूढ दलका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको बताएका छन्। 

सर्लाही घटनामा मारिएका विप्लव समूहका कार्यकर्ता तथा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको सम्बन्धमा संसदीय समितिको राज्य व्यवस्था समितिमा जवाफ दिन उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालका अगाडि नेता शर्माले  विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका हुन्।

 शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ। तर, जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन।’

प्रकाशित मिति: : 2019-06-24 12:34:25

प्रतिकृया दिनुहोस्