फास्टट्रयाकको डिपिआर तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन

दीपक दाहाल

संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्टट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकमा फास्टट्र्याक निर्माणको अवस्थाबारे आयोजनाका अधिकारीसँग छलफलपछि समितिले यस्तो निर्देशन जारी गरेको हो।

दुई वर्षदेखि निर्माण कार्य सुरु भएर डिपिआर स्वीकृत नहुँदा काम प्रभावित भएको भन्दै समितिले तत्काल स्वीकृत गरी नेपाली सेनालाई काम गर्ने वातावरण बनाइदिन सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: : 2019-06-24 11:53:31

प्रतिकृया दिनुहोस्