पशुपतिमा ३७ लाख चोरिँदा कसले लुकायो सीसीटीभी फुटेज?

पशुपतिनाथ नेपाली मात्र नभइ विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र हो। कतारमा काम गरेर फर्किएका प्रदीप गुरुङ २०७६ असार ७ गते बिहान ८ बजे पशुपतिनाथ दर्शनका लागि पुगे। उनी कतारी रियाल समेत सटही नगरी पशुपतिनाथ दर्शनका लागि पुगेका थिए।

केही समय त्यहाँ बिताए। बिडम्बना त्यस क्रममा उनको पैसा भएको पर्स चोरी भयो। पर्समा १ लाख १२ हजार कतारी रियाल अर्थात् ३६ लाख ७८ हजार रुपैयाँ थियो। दीपेन्द्रले खोजी गरे, भेटेनन्।

पाँचथर स्थायी घर भएका उनी त्यसपछि निवेदन लिएर नजिकैको महानगरीय प्रहरी वृत्त गौशाला छिरे। ‘पशुपतिनाथ क्षेत्रभित्र हराएको मेरो १ लाख १२ हजार कतारी रियल खोजी पाउँ’, उनले निवेदन दर्ता गराए।

 सोही स्थान र समयमा अर्को पनि पर्स हराएको निवेदन गौशालामा प्रहरीमा आयो। कीर्तिपुर बस्ने दार्चुलाका नरेन्द्र कडायत पशुपतिनाथ मन्दिर दर्शनका क्रममा २ हजार २५० रुपैयाँ रहेको पर्स हराएको निवेदन दिए।

प्रकाशित मिति: : 2019-06-24 08:19:52

प्रतिकृया दिनुहोस्