लोकसेवाबारे परेकाे रिट बुधबार सुनवाई हुने

लोकसेवा आयोगको स्थानीय तहका लागि निकालेकाे विज्ञापनसम्बन्धी चार वटा रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ सुरु गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि ‘हेर्दाहदै’मा बुधबार अर्को सुनवाई हुने तय भएको छ । 

यसअघि, न्यायाधीशद्वय कार्की र डा. खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।

प्रकाशित मिति: : 2019-06-23 19:58:09

प्रतिकृया दिनुहोस्