पौने दुई अर्बको जग्गा किन्दै काठमाडौं प्रहरी

तस्बिरः नयाँ पत्रिका

जग्गा खरिदका लागि सरकारद्वारा काठमाडौं  परिसरलाई एक अर्ब २० करोड र महानगरीय अपराध अनुसन्धान महाशाखालाई ६७ करोड निकासा

सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई जग्गा खरिदका लागि करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ । केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई एक अर्ब २० करोड र अपराध महाशाखालाई ६७ करोड ६७ लाख रुपैयाँ निकासा गरेको हो । परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्नेछ । 

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार खाद्य संस्थानको जग्गा आगामी साता काठमाडौं परिसरको नाममा पास हुनेछ । महाशाखाले भने आइतबार नै निगमको नाममा रहेको जग्गा आफ्नो नाममा पास गर्नेछ । ‘जग्गा खरिदका लागि रकम निकासा भइसकेको छ । खाद्य संस्थानको जग्गा खरिद गर्न लागेका छौँ । यही साताभित्र जग्गा हाम्रो नाममा आउनेछ,’ एसएसपी सुवेदीले भने ।

प्रकाशित मिति: : 2019-06-23 10:09:35

प्रतिकृया दिनुहोस्