पहिलो पटक विदेशी लिगमा छनोट भएपछि सोमपाल : कन्फिडेन्ट बढ्यो, नयाँ अनुभव हुनेछ

गोविन्दराज नेपाल

काठमाडौं : पहिलो पटक विदेशी टी - २० लिगमा छनोट भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामीले यति छिटो अवसर पाएकोमा खुशी लागेको बताएका छन्। 'नेपालबाट विदेश खेल्न जाने दोस्रो खेलाडी भन्दा खुशी लाग्छ,' उनले भने।

क्यानडामा हुने ग्लोबल टी २० क्यानडा क्रिकेट लिगका लागि अर्का खेलाडी सन्दीप लामिछानेसँगै छनोट भएका सोमपालले सुरुमै राष्ट्रिय टिमबाट खेल्ने सपनामात्र भए पनि पछिल्लो समय विदेशी लिगमा पनि खेल्ने सपना बढेको र त्यो पूरा हुन लागेको बताए।

 

प्रकाशित मिति: : 2019-06-21 15:29:28

प्रतिकृया दिनुहोस्