धादिङ जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, नामावलीसहित (अपडेट)

मनीष दुवाडी

गल्छी (धादिङ) : दक्षिणी धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ।  गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनीबजारतर्फ आइरहेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

गाउँबाट तरकारी बोकेर जीप बैरेनीतर्फ आइरहेको बेला सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो यसबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बैरेनीका सइ जनक बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: : 2019-06-21 14:55:47

प्रतिकृया दिनुहोस्