साउदीको आकर्षक रोजगारीका नाममा यसरी फसाए म्यानपावरले

तस्बिरः नेपाल न्यूज

तीन महिने रोजगारीमा साउदी जान भन्दै अन्तर्वार्ताका लागि उदयपुरको गाइघाटका बिनोद राउतले मंगलबार दिनभरि पर्खिए। क्रम संख्या ६४३ भएका बिनोदको साँझ ५ बजेतिर पालो आयो।

अन्तर्वार्ताका लागि राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेका साउदीबाट आएका कम्पनीका मान्छे र साउदी दूतावासका कर्मचारीले सुरुमा बिनोदलाई हात देखाउन लाए। त्यसपछि अगाडि राखिएको बाकस उचाल्न लाए। करिव ३० केजीको बाकस बिनोदले सहजै उचालेर काँधमा हाले।

त्यसपछि उनलाई अन्तर्वार्ताका लागि अर्को कोठामा लगियो। त्यहाँ पनि उनलाई गाह्रो भएन। ए, बी, सी, डी चिन्न लगाए। एम र एन देखाएर यो के हो? भनेर सोधे। बिनोदले त्यो पनि मिलाए। ओके भनेर बिदा गरेपनि बिनोदलाई पास भएँ कि फेल भन्ने टुङ्गो थिएन। आफूलाई त्यहाँसम्म पुर्‍याउने एजेन्टलाई सोधे। एजेन्टले पासपोर्ट फिर्ता नआएकाले पास भएको आश्वासन दिए।

तीनमहिने रोजगारीमा साउदी पुगेपछि विमानस्थलमा सामान ओसार पसार, ट्रली गुडाउने र पर्यटकलाई विमानस्थलमा सघाउने काम गर्नुपर्छ। कमाई मासिक १ हजार ५ सय रियाल र ओभरटाइम ४ घण्टा निश्चित छ भनिएको थियो। म्यानपावरका कर्मचारीले भन्थे महिनामा नहुँदा पनि २ हजार २ सय तलब थाप्छौ भनेका थिए।

प्रकाशित मिति: : 2019-06-19 23:11:19

प्रतिकृया दिनुहोस्