समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा फेला, आफन्तद्वारा तोडफोड

नागरिक

काठमाडाैँ - बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन्।  क्लिनर २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

बिमला मृत फेला परेपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। आक्रोशित आफन्तले अस्पतालमाथि हत्या नै भएकाे आरोप लगाउदैँअस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-06-18 13:19:06

प्रतिकृया दिनुहोस्