एघार महिनामा ६६ किलो ४ सय ग्राम सुन बरामद

तस्बिरः एजेन्सी

काठमाडौं– २०७५ साउन १ गतेदेखि २०७६ जेठ मसान्तसम्ममा ६६ किलो चार सय ग्राम सुन बरामदगरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यो समयमा राजस्व चुहावटको ८१ वटा कसुरमा अनुसन्धान गरि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।  यस अवधिमा राजस्व चुहावट कसुरमा २ सय ३८ जना व्यक्तिमाथि  १८ अर्ब ३२ करोड रुपैयाँ तथा ३ वर्षसम्मको कैदको माग दाबी गरिएको विभागले भनेको छ । 

यसमा सुन भन्सार चोरी पैठारीको कसुरमा ६६ किलो ४ सय ग्राम सुन समेत बरामद गरिएको भनिएको छ ।  यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ मुद्दा दर्ता भएका छन् । यसमा १ सय ४ जनालाई ५ अर्ब ११ करोड विगो कायम गरी विगोको तेब्बर जरिवाना र ३ वर्षसम्म कैद मागदावी सहित मुद्दा दायर गरिएको छ । 
 

प्रकाशित मिति: : 2019-06-18 08:48:59

प्रतिकृया दिनुहोस्