धापासीमा ‘स्वीमिङ पुल’मा डुुबेर एक जनाको मृत्यु

अनलाइनखबर

२ जेठ, काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।

‘घाइते भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको रहेछ’, प्रसाईंले अनाइनखबरसँग भने, ‘तर, उपचारकै क्रममा मृत्यु भएपछि मात्र हामीलाई खबर भयो ।’

प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र गरेको छ ।

प्रकाशित मिति: : 2019-06-17 16:17:48

प्रतिकृया दिनुहोस्