असारे विकास: कसरी होला दैनिक १२ अर्ब खर्च ?

तस्बिरः रासस

 

काठमाडौं । असार महिना लाग्दै गर्दा फेरि पनि असारे विकास दोहारिने निश्चित छ । आर्थिक वर्ष सकिन ठीक एक महिना बाँकी हुँदा बजेट खर्च एक तिहाई पनि पुग्न सकेको छैन । 

महालेखा नियन्त्रक कार्यलयका अनुसार ११ महिना पूरा हुँदा कुल बजेटको ६२ दशमलव ८४ प्रतिशतमात्र बजेट खर्च भएको छ । यसले वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्ष नै सरकारले नमिठो अनुभव बटुल्ने पक्का भएको संकेत गर्दछ । देश संघीय संरचनामा गए पनि विगतका दिनझैं बजेट खर्च र राजस्व संकलन चुनौतिको परम्पराले यसवर्ष निरन्तरता पाउने निश्चित बनेको हो ।

दुई तिहाइको सरकारको सरकारी बजेट खर्चसँगै राजस्व संकलनको गति निकै नाजुक देखिएको छ । अन्तिम महिनामा मात्र लक्ष्यको २५ प्रतिशत राजस्व संकलन गर्न बाँकी छ । महालेखाका अनुसार जेठ मसान्तसम्म कुल बजेट विनियोजन १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँमध्ये ८ खर्ब २६ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये चालूतर्फ ६ खर्ब ८ अर्ब ८५ करोड १ लाख रुपैयाँ अर्थात् लक्ष्यको ७२ दशमलव शून्य २ प्रतिशत खर्च भएको छ ।

प्रकाशित मिति: : 2019-06-17 09:39:19

प्रतिकृया दिनुहोस्