प्रदेश बजेट : संघकै सिकोमा सांसदलाई बजेट

तस्बिरः अन्नपूर्ण पोष्ट

प्राथमिकतामा भौतिक पूर्वाधार
प्रदेश १ सरकारले आर्थिक वर्ष ०७६/०७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालुतर्फ ४३.९प्रतिशत र विकास खर्चतर्फ ५५.९ प्रतिशत विनियोजन गरिएका छ। यस्तै, वित्ताीय व्यवस्थातर्फ, ८ करोड अर्थात् शून्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ।

प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री  इन्द्र आङ्बोले आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड तथा चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड अनुमानसहित उक्त्त आकारको बजेट प्रस्तुत गरेका हुन्।

संघीय सरकारकै सिको गर्दै प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड ५० लाख रुपैयाँ र सांसद् नै प्रत्यक्ष संलग्न भएर कार्यान्वयन गर्ने गरी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ४० करोड र सांसद्को सिफारिसका आयोजनाका लागि ४८ करोड विनियोजन भएको छ।

 

प्रकाशित मिति: : 2019-06-17 09:28:20

प्रतिकृया दिनुहोस्